Ad Area

तुलसीपुर–१७ मा लबरु चौधरीका छोरा प्रदीपले दिए उम्मेदवारी


दाङ,२८ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका १७ का एमोलेको तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि एमालेले उनका छोरालाई टिकेट दिएको छ । २८ बर्षीय कान्छा छोरा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको हो । चौधरीले बुधबार दिउसो साढे १२ बजेतिर उम्मेदवारी दर्ता गराएका हुन् ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर तथा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डे, एमाले दाङका अध्यक्ष हुकुम बस्नेतसहित पार्टीका नेता तथा कार्यकर्ताहरुसहित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि उनले आफूले वुवाको सपना पूरा गर्ने बताए । ‘वुवाले आफ्नो रोग लुकाएर भएपनि जनताको सेवामा खटिनु भयो’,उनले भने‘,‘अहिले पार्टीले मलाई वुवाको सपना पूरा गर्ने जिम्मेवारी दिएको छ, मैले वुवाको सपना पूरा गर्नेछु ।’

वडाध्यक्षका उम्मेदवार चौधरीको मृत्यु भएपछि बुधबार १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालका अनुसार भोलि बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

सोही वडाको हकमा बैशाख ३१ गतेदेखि मौन अबधी सुरु हुने छ, भने बैशाख ३१ गते राति १२ बजेसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ । वडा नं ७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ ।

Blog Post Ad Blog Post Ad