Ad Area

बबई नदीमा डुवेर किशोर वेपक्ता


दाङ, २९ बैशाख । बबई नदीमा डुबेर तुलसीपुरका एक किशोर वेपत्ता भएका छन् । बिहीबार बिहान साढे ११ बजेको समयमा बबईमा नुहाउन गएको समयमा ती किशोर वेपत्ता भएका हुन् । वेपत्ता हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा निवासी अर्जुन वलीको १७ वर्षीय छोरा प्रशान्त वली रहेको स्थानीय शुरेस चन्दले जानकारी दिए ।

अहिले घटना स्थलमा प्रहरी, स्थानीय लगायतको टोलीले किशोरको खोजीको काम जारी राखेको छ । निरन्तर वर्षा भई रहेको र बबईमा पानी धमिलो भएकाले खोजी गर्न समस्या भएको चन्दले बताए ।

Blog Post Ad Blog Post Ad