Ad Area

निर्वाचनका दिन अत्यावश्यक सवारी साधन बाहेक अन्यलाई रोक


दाङ, २९ बैशाख । जिल्ला प्रशासन कार्यालय दाङले विहीवार राती १२ वजेदेखि शुक्रवार बेलुका ६ सम्म अनुमती प्राप्त र अत्यावश्यक बाहेका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख हिरालाल केसीले एक सुचना जारी गरि यस्तो जानकारी दिएका हुन । सूचनामा विहिवार राती १२ वजेदेखि शुक्रवार साँझ ६ वजेसम्म अनुमती प्राप्त तथा अत्यावश्यक वाहेकका सवारीका साधनलाई रोक लगाइएको जानकारी दिइएको छ ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ मतदानको दिनको सवारी आगमन व्यवस्थापन सम्वन्धी मापदण्ड २०७९ बमोजिम जिल्ला प्रशासन कार्यालय दाङवाट अनुमती प्राप्त लिएका तथा एम्वुलेन्स, खानेपानी टयाङकर, दमकल, दुध वोक्ने, फोहोर मैला उठाउने, शव वहान, अस्पताल सेवा, दुरसञ्चार, विद्युत सेवा जस्ता अत्यावश्यक सेवाका सवारीका साधनहरु बाहेक पूर्ण रुपमा वन्द गरिएको सूचनामा उल्लेख गरिएको छ ।

निर्वाचनलाई शान्ति पूर्ण वातावरणमा सम्पन्न गर्नका लागि सरकारले सवारीका साधन सञ्चालनमा रोक लगाएको छ ।