Ad Area

रोल्पामा कांग्रेस कार्यकर्ताको घाँटी रेटी हत्या


रोल्पा,२५ असोज । रोल्पामा कांग्रेसका क्षेत्रीय प्रतिनिधिको घाँटी रेटेर हत्या भएको छ । रोल्पा नगरपालिका–६ दार्बोट निवासी ५६ वर्षीय पूर्णबहादुर बुढाको आफ्नै घरमा घाटी काटेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिएका छन् ।

घरमा एक्लै रहेका बुढाको सोमवार बिहान ११ बजेसम्म ढोका नखुलेपछि ढोको फोडेर हेर्दा हत्या भएको अवस्थामा शव फेला परेको डिएसपी सुवेदीले जानकारी दिए ।

उनका अनुसार घटना शंकास्पद भएकाले थप अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली बोलाइएको छ । बुढा नेपाली काँग्रेसका क्रियाशील सदस्य रहेको पाइएको छ । श्रीमतीको केहि समय अघि मृत्यु भइसकेको र छोराछारीहरू बैदेशिक रोजगारीमा रहेकाले बुढा घरमा एक्लै बस्दै आएका थिए ।

Blog Post Ad Blog Post Ad