Ad Area

शान्तिनगर–२ मा स्वतन्त्र उम्मेवार सुनिल वली बिजयी


दाङ,१ जेष्ठ । शान्तिनगर गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सुनिल वली बिजयी भएका छन् ।
वलीले ६ सय २९ मत ल्याएर वडा अध्यक्षमा बिजयी भएका हुन ।

नेपाली कांग्रेसले वडा अध्यक्षमा टिकट नदिएपछि वलीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार ठाकुरप्रसाद केसीले ५ सय ९७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार टोपेन्द्रा खड्काले ३ सय ३१ मत ल्याएकी हुन ।

उक्त वडामा नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर वलीले ३ सय ३४ मत प्राप्त गरेका छन् ।