Ad Area

राप्ती ८ मा एमालेका उम्मेदवार गुरुङ विजयी


राप्ती, १ जेठ । दाङको राप्ती गाउँपालिका वडा नं. ८ मा नेकपा एमालेका चन्द्र बहादुर गुरुङ विजयी भएका छन् । गुरुङले ९५० ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रभाकरदेव चौधरीले ८१६ मत ल्याएका थिए । त्यसैगरी नेकपा माओबादी केन्द्रका रामचन्द्र चौधरीले २०३ मत ल्याएका थिए ।

३ हजार ५१२ मतदाता रहेको उक्त वडामा २५५३ मत खसेको थियो । त्यसैगरी वडाको खुल्ला सदस्यमा दयाराम चौधरी, सुन्दर बहादुर चौधरी, महिला सदस्यमा चम्फा पुन, दलित महिला सदस्यमा भानु बिक निर्वाचित भएका छन् ।