Ad Area

बबई ३ मा एमालेका मानबहादुर केसी विजयी


बबई, १ जेठ । बबई गाउँपालिका वडा नं. ३ मा नेकपा एमालेको तर्फबाट वडाअध्यक्षमा मान बहादुर केसी विजयी भएका छन् । केसी सहित एमालेबाट दुई जना खुल्ला सदस्यहरु ईन्द्रलाल खाम्चा र खड्ग बहादुर खत्री विजयी भएका छन् ।

महिला सदस्य र दलित महिला सदस्यमा भने नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् । कांग्रेसबाट महिला सदस्यमा उमादेवी घर्ती र दलित महिला सदस्य खिमा बिक निर्वाचित भएका छन् ।