Ad Area

राजपुर गाउँपालिकामा कांग्रेसका बुढाथोकी र यादव बिजयी


 टेकबहादुर पुन

घोराही, २ जेठ ।  राजपुर गाउँपालिका नेपाली काँग्रेसको पोल्टामा परेको छ । काँग्रेसका पालिका प्रमुख उम्मेद्वार शरद बुढाथोकी र उपप्रमुखमा धनपतीदेबी यादब बिजयी भएका छन ।

बुढाथोकीले आफ्ना निकटतम प्रतिद्वन्दी माओबादी केन्द्रका चक्र बहादुर खड्का शिखर लाई ८ सय १३ मतले पछि पार्दै बिजयी बनेका हुन ।

बुढाथोकिले ३ हजार ९ सय ८० मत प्राप्त गर्दा माओबादीका शेखरले ३ हजार १ सय ६७ मतमा सिमित रहन पर्यो । उपाध्यक्षमा धनपती देबि यादबले ४ सय ८८ मतान्तरले बिजयी बनेकि छन । निकटतम प्रतिद्वन्दी माओबादी केन्द्रकि पुष्पा यादबले ३ हजार ३ सय ४८ मत प्राप्त गर्दा धनपतीले ३ हजार ८ सय ३६ मत प्राप्त गरिन ।

धनपती यादब यस अघिपनि राजपुर गाउँपालिकाकै उपाध्यक्ष पदमा निर्बाचित भएकी थिईन भने अध्यक्षमा लोकराज केसी निर्बाचित भएका थिए । एमालेबाट अध्यक्ष पदका कुलराज गिरिले २ हजार ९ सय २२ र उपाध्यक्ष सीता यादबले २ हजार ९ सय ७ मत प्राप्त गरिन । १५ हजार ७ सय २३ मतदाता रहेको यस पालिकामा ११ हजार ७ सय ४१ मत खसेको थियो ।

पालिकामा ७ वटा वडा हरु छन । जसमध्य ३,६ र ७ माओबादी केन्द्रले जितेको छ भने २ र ४ नेपाली काँग्रेसले जितेको छ । नेकपा एमालेले वडा नम्बर १ र ५ जित्न सफल भएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad