Ad Area

घोराही उपमहानगरपालिका–१६ को अध्यक्षमा डाँगी बिजयी


दाङ,२ जेठ । घोराही उपमहानगरपालिका–१६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी बिजयी भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार रविन डाँगीलाई  ४ मतले पराजित गर्दै दोश्रो कार्यकालका लागि वडा नं. १६ को वडा अध्यक्षमा बिजयी भएका हुन । बिजयी डाँगीले १ हजार ३२२ मत प्राप्त गरेका थिए ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार डाँगीले १ हजार ३ सय १८ मत ल्यायर पराजित भएका हुन । सदस्यहरुमा भने नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएका छन् ।

Blog Post Ad Blog Post Ad