Ad Area

घोराहीमा विजय र्याली, महासचिव पोख्रेलले सम्बोधन गर्ने


घोराही, ५ जेठ । नेकपा एमालेले घोराहीमा गठवन्धनलाई परास्त गर्दै शानदार जीत हात पारेपछि यसको खुशीयालीमा भोली शुक्रबार घोराहीमा बृहत् खुशीयाली सभा गर्ने भएको छ ।खुशीयाली सभालाई एमाले महासचिव शंकर पोख्रेलले सम्बोधन गर्नेछन ।

एमाले दाङको आयोजना र घोराही उपमहानगरपालिका नगर कमिटीको संयोजनमा हुन लागि रहेको सभामा बिजयी उमेदवारहरु, नेता, कार्यकर्ता, शुभेच्छुकको सहभागिता हुनेछ । एमालेले घोराहीमा मेयर, उपमेयर, १३ वटा वडा अध्यक्ष र अन्य वडाहरुमा सदस्यहरु समेत जितेको छ । गठवन्धनले घोराहीमा ६ वटा वडा मात्र जितेको छ ।

यसैबीच घोराहीको भरतपुरचौरबाट सुरु हुने बिजय र्यालीमा सहभागिता जनाउनका लागि नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले सबैमा अनुरोध गरेका छन । प्रियासनका अनुसार विहान ११ बजे र्याली सुरु हुनेछ । बजार परिक्रमा गरी उक्त र्याली सभामा परिणत हुनेछ ।

एमाले दाङका अध्यक्ष हुकुम बस्नेत, सचिव मनोहर बुढाथोकी, घोराही नगर कमिटी अध्यक्ष भुवन चौधरी, सचिव इन्द्र बुढाथोकी, इञ्चार्ज गेहेन्द्र बस्नेतले विज्ञप्ति जारी गरी बिजय सभामा सहभागि हुन वडा कमिटी अनि जनबर्गीय संगठन तथा आम जनसमुदायमा अनुरोध गरेका छन ।

नेकपा एमालेको तर्फबाट घोराहीमा मेयरमा नरुलाल चौधरी, उपमेयरमा हुमा डिसी विजयी भएका छन । अहिलेसम्म उपमहानगरमा एमालेले पहिलो खाता समेत खोलेको छ । एमाले महासचिव शंकर पोख्रेलको निर्वाचन क्षेत्र भएकाले पनि गठवन्धनलाई परास्त गरेर फराकिलो बहुमत घोराहीमा पुर्याउनुलाई एमालेले ठूलो उपलव्धीकारुपमा लिएको छ ।

भोलि हुने कार्यक्रममा महासचिव पोख्रेलले पालिका उपप्रमुख, वडा अध्यक्ष, सदस्यहरुलाई बधाई तथा सम्मान गर्ने कार्यक्रम रहेको दाङका जिल्ला सचीव मनोहर बुढाथोकीले जानकारी दिएका छन । घोराहीको कार्यक्रम पछि तुलसीपुरको मतगणना सकिए लगत्तै तुलसीपुर देखि पश्चिम् क्षेत्रका निर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्ने कार्यक्रम रहेको सचिव बुढाथोकीले जानकारी दिएका छन।