पाठ्यपुस्तक छाप्न ढिलाई

घोराही, ५ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाले पालिका चुनाव र रुस–युक्रेन युद्धका कारण समयमै पाठ्यपुस्तक छाप्न ढिलाइ भएको बताएका छन् ।
उनले वैशाखमा पुस्तक छाप्ने योजना रहेपनि पालिका तह सदस्य निर्वाचनका कारण मतपत्र छाप्ने कार्यमा प्राथमिकता दिनुपर्ने भएकोले पुस्तक छपाइ कार्यलाई घटाएको बताए । उनले बीचमा युक्रेनमा भएको युद्धका कारणले सप्लायर्सले कागजसहितका अन्य सामान ल्याउन नसक्नुले पनि केही ढिलो हुन गएको बताए ।
यस्तै करिब ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको र अन्य ठाउँहरुमा भने आजभोलि नै विद्यार्थीहरुको हातमा पुस्तक पुग्ने बताए । समयमै पाठ्यपुस्तक सम्बन्धित ठाउँमा पठाइएकोले समयमै सबै विद्यार्थीको हातमा पाठ्य पुस्तक पुग्ने उनको भनाइ छ ।