Ad Area

दुर्घटना अपडेट- मुगुमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुग्यो


मुगु २६, असोज । मुगुमा बस दुर्घटना मृत्यु हुनेको संख्या ३२ पुगेको छ । २४ जनाको घटनास्थलमै र ६ जनाको उद्धार गरी ताल्चा विमानस्थल पु¥याउने क्रममा मृत्यु भएको छ । नेपालगञ्जबाट मुगुको गमगढीका लागि छुटेको भे १ ख १६७ नम्बरको बस पिनामा खोलामा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

दशैंका लागि घर हिँडेका यात्रु लिएर गमगढी जाँदै गरेको बस पिनामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । बसमा ३९ जना सवार रहेको प्रहरीले जनाएको छ । बस सडकबाट तीन सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थल अफ्ठ्यारो ठाउँमा रहेकाले एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा डिएसपी चित्रबहादुर भट्टराईसहितको टोली पुगेर उद्दारको प्रयास गरिरहेको बताइएको छ । उद्दारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । दशै. मनाउन घर जान लागेकाहरु दुर्घटनामा परी ज्यान गुमाएपछि मुगु अहिले शोकमा डुबेको छ ।

यसैबीच, दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई समिट एयरको हेलिकप्टरबाट र २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad