Ad Area

मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जनाको मृत्यु !


मुगु २६, असोज । मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट मुगुको गमगढीका लागि छुटेको भे १ ख १६७ नम्बरको बस पिनामा खोलामा मंगलबार दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

दशैंका लागि घर हिँडेका यात्रु लिएर गमगढी जाँदै गरेको बस पिनामा दुर्घटना भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जनाए ।

बसमा ३९ जना सवार रहेको प्रहरीले जनाएको छ । बस सडकबाट तीन सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनास्थल अफ्ठ्यारो ठाउँमा रहेकाले एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा डिएसपी चित्रबहादुर भट्टराईसहितको टोली पुगेर उद्दारको प्रयास गरिरहेको बताइएको छ ।

उद्दारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । दशैं मनाउन घर हिँडेकाहरु दुर्घटनामा परी ज्यान गुमाएपछि मुगुबासी शोकमा छन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad