Ad Area

१ लाख ३५ हजार हेलिकप्टर भाडा तिरेर सुत्केरीको उद्धार


घोराही, ७ जेठ ।  बच्चा जन्माएपछि स्वास्थ्य अवस्था बिग्रिएकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएकाे छ । अत्यधिक रक्तश्राव भएर समस्यामा परेकी चंखेली गाउँपालिका -५ नेप्का  ३५ वर्षीया तुला तामाङलाई हेलिकप्टरबाट जिल्ला अस्पताल हुम्लामा ल्याइएको हो ।
तामाङ तीन दिनअघि सुत्केरी भएकी उनी अत्यधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था नाजुग भएको आफन्त जसिलाल तामाङले जानकारी दिए ।
बिरामीकाे शरीर सुन्निएर श्श्वास प्रश्वासमा समस्या भएकाे र गाउँमा गतिलाे स्वास्थ्य उपचार नभएपछि १ लाख ३५ हजार हेलिकप्टर भाडा तिरेर सदरमुकाम सिमकाेट ल्याएको आफन्त तामाङले बताए । ऋण सापटी मागेर बिरामीको हेलिकप्टरबाट उद्वार गरेकाे तामाङकाे भनाइ छ ।
Blog Post Ad Blog Post Ad