Ad Area

तुलसीपुर –कपुरकोट सडक अवरुद्ध


तुलसीपुर, ७ जेठ । टिप्परको ठक्करबाट एक युवकको निधन भएपछि मृतकका आफन्त र सल्यानको कपुरकोटमा क्रियाशिल दलहरुले राप्ती राजमार्ग अन्तरगर्त कपुरकोट –तुलसीपुर सडकखण्ड बन्द गरेका छन् ।

क्रियाशिल चार राजनैतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले संयुक्तरुपमा विज्ञप्ती जारी गरी शनिबार (आज) बिहान १० बजदेखि राप्ती राजमार्ग अन्तर्गत कपुरकोट–तुलसीपुर सडक खण्ड बन्द गरिएको उल्लेख गरेका छन् ।

बन्दको समयमा अत्यावश्यक सवारी (एम्बुलेन्स) बाहेक अन्य सबै सवारी साधनलाई रोक लगाइने संयुक्त विज्ञप्तीमार्फत उल्लेख गरिएको छ । तुलसीपुर–४ हर्नेटीमा बिहिबार साँझ ६ बजेतिर टिप्परको ठक्करबाट गम्भिर घाइते कपुरकोट गाउँपालिका वडा नम्बर–३ का १८ वर्षिय आकाश सेनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा निधन भएको थियो ।

बिहिबार साँझ कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गर्दा रा १ प ३१७९ नम्बर मोटरसाइकलमा सवार सेनलाई रा १ ख ११२३ नम्बरको टिप्परले ओभरटेक गर्ने क्रममा तुलसीपुर ४ हर्नेटीमा ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

घटना भएको तीन दिनसम्म पनि घोराही सिमेन्ट कम्पनि र जलजला यातायात प्रालिका जिम्मेवार व्यक्ति सम्पर्कमा नआएको भन्दै सडक अवरुद्ध गरिएको हो ।

नेकपा एमालेका दोणर् केसी, कांग्रेसका यगराज वली, माओवादी केन्द्रका पवन कार्की एकिकृत समाजवादीका जीतप्रसाद आचार्यले संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तीमा दोषिलाई कार्बाही, पिडितका आफन्तले क्षतिपुर्ति नपाउँदासम्म सवारी सधान संचालन गर्न नदिने उल्लेख गरिएको छ ।

Blog Post Ad

दुर्घटनामा निधन भएका सेनको शब राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शब गृहमा राखिएको छ । घटनामा संलग्न जिम्मेवार व्यक्ति सम्पर्कमा नआउँदासम्म पोष्टमार्टम नगर्ने पिडित परिवारले अडान लिएका छन् । ठक्कर दिने टिप्पर र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Blog Post Ad Blog Post Ad