Ad Area

दाङ महिला जेसीजद्वारा प्रतिवेदन लेखन तालिम


दाङ,७ जेठ । दाङ महिला जेसीजले घोराहीमा प्रतिवेदन लेखन तालिम गरेको छ । तालिममा प्रतिवेदन भनेको के हो ? प्रतिवेदनको महत्व, प्रतिवेदन किन र कसरी लेखिन्छ भन्ने बारेमा जानकारी दिइएको थियो ।

दाङ महिला जेसीजका अध्यक्ष शारदा घर्तीको अध्यक्षतामा भएको तालिमको प्रशिक्षकमा त्रिभुवन नगर जेसीजका पूर्व अध्यक्ष ऋषिराज जंगली रहेका थिए ।

कार्यक्रममा दाङ महिला जेसीजका सस्थापक अध्यक्ष निर्मला गौतम, प्रशिक्षक एवं त्रिुभवन नगर जेसीजका पूर्व अध्यक्ष ऋषिराज जंगली, दाङ महिला जेसीजका निवर्तमान अध्यक्ष ममता विष्ट, दाङ महिला जेसीजका पूर्व अध्यक्ष एवं तालिम विभाग संयोजक बिन्दु गिरी, त्रिभुवननगर जेसीजका कार्यवाहक अध्यक्ष महेश गुप्ता, सहभागी दीपा पुनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तालिममा २२ जनाको सहभागिता रहेको थियो । कार्यंक्रम संयोजक सचिव संगीता रोकायको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा आस्थापाठ कानूनी सल्लाहकार अनिता ढकालले गरेकी थिइन । कार्यक्रमको सहजीकरण महासचिव नारायण भण्डारीले गरेकी थिइन ।