Ad Area

वडाध्यक्षहरुलाई दाङ उवासंघको स्वागत सम्मान


दाङ, ९ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरि घोराही उपमहानगरपालिका नवनिर्वाचित वडाध्यक्षहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

कार्यक्रममा वोल्दै वडाध्यक्षहरुले आफुहरु नगरको विकासका लागि सबै क्षेत्रसंग सहकार्य गरेर अगाडि वढने बताएका थिए । यस क्षेत्रको संभावनाहरुको खोजि गदै निजी क्षेत्र र सरकारी क्षेत्र विच एकतावद्ध भएर लाग्नुपर्ने उनीहरुले बताएका थिए । विगतमा जस्तै उद्योग वाणिज्य संघ संग सहकार्य गरेर अगाडि बढ्न आफुहरु तयार रहेको उनीहरुको भनाइ रहेको थियो ।

कार्यक्रममा वडा १ का वडाध्यक्ष राममणि पाण्डे, २ का वडाध्यक्ष चित्रवहादुर चौधरी, ३ का वडाध्यक्ष रामप्रसाद चौधरी, वडा नं ६का वडाध्यक्ष विष्णुराम आचार्य, ७ का वडाध्यक्ष खोपिराम चौधरी, वडा नं ९ का वडाध्यक्ष चैतुकुमार चौधरी, वडा नं १० का वडाध्यक्ष दीपककुमार पाण्डे, वडा नं ११ का वडाध्यक्ष कुलवहादुर लामिछाने, वडा नं १२ का वडाध्यक्ष द्रोण वहकरी, वडा नं १३ का वडाध्यक्ष डुल्लुराम पोख्रेल, वडा नं १४ का वडाध्यक्ष भानसिंह वुढा, वडा नं १५ का वडाध्यक्ष रमेशकुमार पाण्डे, वडा नं १७ का वडाध्यक्ष रामलौटल चौधरी, वडा नं १८ का वडाध्यक्ष भरतमणि अर्याल, वडा नं १९ का वडाध्यक्ष ज्ञानवहादुर रायमाझी, संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाललगायतले भनाइ राखेका थिए ।

कार्यक्रम संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा भएको थियो । संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्य वाट सुरू भएको कार्यक्रमको सहजिकरण संघका सचिव नरेशकुमार श्रेष्ठले गरेका थिए ।

Blog Post Ad Blog Post Ad