Ad Area

करेन्ट लागेर दुई गोरु मरे


तुलसीपुर, ९ जेठ । जोत्न लैजाँदै गर्दा करेन्ट लागेर तुलसीपुरमा दुई गोरु मरेका छन् । तुलसीपुर–१५ का भडैया चौधरीले सोमबार (आज) बिहान खेत जोत्न लैजाँदै गरेका गोरुलाई तुलसीपुर–१४ को करंगामा विद्युतको तारले छुँदा करेन्ट लागेको हो । करेन्ट लागेलगत्तै गोरु घटनास्थलमै मरेका छन् ।

विद्युत विस्तारका क्रममा छोडिएको तार हावाहुरीले चालु अवस्थामा रहेको तारमा सट्दा घटना घटेको विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्सालले जानकारी दिए ।

स्थानीय अमर बुढाथोकीका अनुसार करंगा गाउँमा बिगत ७÷८ महिनादेखि विद्युत विस्तारको नामा तार खुल्ला छोडिएको छ । विद्युत प्राधिकरणको गैरजिम्मेवारपनका कारण गोरुको क्षति भएको उनले बताए ।

खानेपानीको बोरिङको लागि विद्युतको विस्तार गर्न लागिएको अवस्थामा तारहरु खुल्ला छोडिएकाले हावाहुरीले चालु अवस्थामा रहेको विद्युतको तारमा सटेकोले घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्याम अर्यालले जानकारी दिए ।

 

Blog Post Ad Blog Post Ad

Blog Post Ad