Ad Area

रोल्पामा अटोरिक्सा दुर्घटनामा हुँदा चालकको मृत्यु, ३ जना घाइते


रोल्पा,१० जेठ । रोल्पा नगरपालिका–२ सिमलवाङमा भएको अटो रिक्सा दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो ४ वजे भएको दुर्घटनामा अटो चालक रोल्पा नगरपालिका वडा नं २ का २९ वर्षीय महेश कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।

सदरमुकाम लिवाङवाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ४३४७ नम्बरको सो अटो अनियन्त्रित भई सडकवाट करिव ५० मिटर तल खसेको थियो । घाइतेहरु रोल्पा नगरपालिका ७ माडीचौरका ५३ बर्षीय दलवहादुर पुनको वाँया हात र निधारमा चोट लागेको छ । यसैगरी सोही ठाउँ बस्ने वर्र्षीय ५२ का जानसिंह पुनको टाउको र मुखमा चोट लागेको छ ।

सोही ठाउँ बस्ने वर्ष ४७ का सहवीर खत्रीको दाहिने आँखामाथि चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका रोल्पा अस्पतालमा पठाइएको प्रहरीले बताएको छ ।

Blog Post Ad Blog Post Ad