Ad Area

तुलसीपुरका नगर प्रमुख खड्काद्धारा सपथ ग्रहण


दाङ,१२ जेठ । तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख टिकाराम खड्कालगायतका जनप्रतिनिधिले सपथ ग्रहण गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले नगर प्रमुख खड्कालाई प्रमाणपत्र प्रदान गरी सपथ ग्रहण गराउनुभएको हो ।

त्यसपछि नवनिर्वाचित नगर प्रमुख खड्काले अन्य जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराएका थिए । गत बैशाख ३० र जेठ ३ गतेको स्थानिय तह निर्वाचनमा खड्काले ३१४०८ मत प्राप्त गरी खड्का नगर प्रमुखमा निर्वाचित भएका हुन । तुलसीपुर १७ मा बैशाख ३० गते निर्वाचन स्थगीत गरी जेठ ३ गते मतदान सम्पन्न भएपछि मतगणन सुरु भएको थियो ।

Blog Post Ad Blog Post Ad