Ad Area

कालीकोटबाट नेपालगञ्ज आउँदै गरेको बस दैलेखमा दुर्घटना


दैलेख,१ जेठ । दैलेखमा बस दुर्घटना भएको छ । कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज आउँदै गरेको म१ख ६६० नम्बरको बस आठबीस नगरपालिका–२ स्थित सिस्नेमा दुर्घटना भएको हो ।

बस दुर्घटनामा केहीको हताहती भएको हुनसक्ने निर्वतमान मेयर खड्गराज उपाध्यायले जानकारी दिए । उनका अनुसार घटनास्थलमा ४ जना अचेत अवस्थामा भेटिएका छन् । बस यात्रुले खचाखच भरिएको छ । प्रहरीका अनुसार बसमा ५० र ६० जना सवार छन् ।

बस दुर्घटनाको खबर पाएपछि प्रहरी टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख, डीएसपी भुबनेश्वरप्रसाद साहले बताए ।
बस सडकबाट करिब ५० मिटर तल खसेको छ । थप विवरण आउन बाँकी छ ।

Blog Post Ad Blog Post Ad