Ad Area

निवृत्त राष्ट्रसेवक समाजद्वारा स्मारिका विमोचन


घोराही,१२ जेठ । नेपाल निवृत्त राष्ट्रसेवक समाज दाङले स्मारिका बिमोचन गरेको छ । विहिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि समाजको “स्मारिका तेस्रो अङ्क–२०७९“ को विमोचन गरेको हो ।

नेपाल निवृत राष्ट्रसेवक समाजका अध्यक्ष चतुरमान डाँगीको अध्यक्षता तथा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा स्मारिकाको विमोचन गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले लामो समयसम्म राष्ट्र सेवामा समर्पित नेपाल निवृत्त राष्ट्रसेवकहरूद्वारा खोलिएको नेपाल निवृत्त राष्ट्रसेवक समाजले प्रशंसनीय कार्यहरू गर्दै आएको बताएका थिए । साथै उनले यसरी स्मारिका जस्तो महत्वपूर्ण पुस्तक प्रकाशन गरेर आफ्ना रचनात्मक गतिविधिहरू अगाडि बढाउँदै आएकोमा समाजलाई धन्यवाद व्यक्त गरेका थिए ।

यसैगरी कार्यक्रममा सेवा निवृत्त राष्ट्रसेवकहरू निर्मला थापा, गोविन्द न्यौपाने, बमबहादुर डिसी, गोविन्दबहादुर थापा, निमकान्त ढकाललगायतले मन्तव्य प्रकट गरेका थिए । समाजका सल्लाहकार हरिप्रसाद पाण्डेयको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण समाजका सचिव हर्षबहादुर डाँगीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad