Ad Area

न्यून दृष्टि चश्मा जाँच सीप आवश्यक रहेकोमा जोड


निरला अर्याल

तुलसीपुर,१२ जेठ । न्यून दृष्टि भएका व्यक्तिहरुका लागी समान्य व्यक्ति सरह समाजमा जीवनयापन गर्न सक्ने बनाउनका लागी न्यून दृष्टि चश्मा जाँच सीप आवश्यक रहेको बक्ताहरुले जोड दिएका छन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्या मन्त्रालयको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालयको आयोजनामा विहिवारदेखि तुलसीपुरमा सुरु भएको पाँच दिने न्यून दृष्टि तथा चश्मा जाँच तालिम उदघाट्नसत्रमा बोल्ने बक्ताहरुले पूर्णरुपमा अन्धोपन नभएको र सामान्य दृष्टि भन्दा फरक प्रकृतिका व्यक्तिहरुका लागी चश्मा जाँच अनिर्वाय गर्नुपर्नेमा जोड दिएका थिए ।

बक्ताहरुले चोटपटक, जन्मजात मोतियाविन्द, दृष्टि पर्दा सम्बन्धी रोग, अल्छि आँखालगायतका विभिन्न कारणले गर्दा न्यून दृष्टि हुने भन्दै निराकरणका लागी तालिम आवश्यक रहेको बताएका थिए ।

अध्ययन तालिम तथा अनुसन्धान कार्यक्रम प्रमुख नेत्र विशेषज्ञ डा. सुरेश रसाइलीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ दाङको सचिव सुरेन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सचिव खडकाले नेपाल नेत्रज्योति संघ दाङ शाखा अन्र्तगत संचालित आँखा अस्पताल तथा उपचार केन्द्रहरुमा न्यून दृष्टि विभाग स्थापना गरी सर्वसुलभ तरिकाले अस्पतालले सेवा दिने वातावरण तयार गर्ने बताएका थिए ।

Blog Post Ad

नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक हुकुम पोख्रेलले आँखा स्वास्थ्य सेवालाई प्रचारप्रसार गरी समाजमा रहेका दृष्टिविहीन व्यक्तिहरुलाई दृष्टि प्रदान गर्नु राज्यको दायित्व भएको बताए ।

आँखा सेवा प्रदायक निकायहरुले पूर्ण आँखा स्वास्थ्य सेवा प्रदान गर्नका लागी अस्पतालले विशिष्टिकृत तथा गुणस्तरीय सेवा दिनुपर्ने पोख्रेलको भनाइ थियो । प्रविधिको विकाससँगसँगै जनशक्तिलाई पनि नयाँ प्रविधीमा दक्ष बनाउन तालिमको आवश्यकता रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा रण अम्बिका शाहा आँखा अस्पताल भैरहवाका अप्टोमेट्रिष्ट हरिबहादुर थापा, विराटनगर आँखा अस्पतालका अप्टोमेट्रिष्ट पंकज राय अधिकारी, नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालयको कार्यक्रम संयोजक हुकुम पोख्रेललगायतका व्यक्तिहरुले मन्तव्य व्यक्त गरेका थिए ।

तालिममा नेपाल नेत्रज्योति संघ अन्र्तंगत संचालित विराटनगर आँखा अस्पताल, सगरमाथा आँखा अस्पताल, लाहन, केडिया आँखा अस्पताल विरगञ्ज, गौर आँखा अस्पताल रौतहट, भरतपुर आँखा अस्पताल चितवन, हिमालय आँखा अस्पताल पोखरा, डां विनोद निता कंडेल आँखा अस्पताल नवरपरासी, रण अम्बिका शाहा आँखा अस्पताल भैरहवाको सहभागिता रहेको छ ।

त्यसैगरी  वुटवल लायन्स आँखा अस्पताल वुटवल, पाल्पा लायन्स लाकोल आँखा अस्पताल, छन्द कालेबाबु आँखा अस्पताल, वहादुरगञ्ज, लमही आँखा अस्पताल, राप्ती आँखा अस्पताल, फत्तेवाल आँखा अस्पताल नेपालगञ्ज, गेटा आँखा अस्पताल कैलाली, महेन्द्रनगर आँखा अस्पताल कञ्चनपुर लगाएत १६ वटा आँखा अस्पतालहरुबाट सहभागीता रहेको छ । तालिममा ३ जना प्रशिक्षक रहेका छन् ।

कार्यक्रमको सहजीकरण राप्ती आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले गरेका थिए ।

Blog Post Ad Blog Post Ad