Ad Area

जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान


लमही, १३ जेठ । निर्वाचित जनप्रतिनिधिहरूले आफुहरू सासक नभयर जनसेवक भयर काम गर्ने बताएका छन् ।नेपाल नेत्रज्योति संघ दाङ तथा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत लमही आँखा अस्पतालले लमहीमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोलदै उनीहरूले लमही क्षेत्रको विकास र समृद्धिमा आफुहरू कटिबद्ध हुनु बताए। नवनिर्वाचित नगर प्रमुख जोगराज चौधरीले लमहीमा स्वास्थ्य,शिक्षा र अन्य विकासका लागि आफुहरू लागने बताए ।

उनले लमही क्षेत्रको गहनाको रूपमा रहेको लमही आँखा अस्पताललाई लुम्बिनी प्रदेशको नमुना आँखा अस्पताल बनाउन आफुहरूले सक्दो सहयोग गर्ने बताए । उनले भौतिक साधनस्रोत र मेसिन औजारहरू खरिद गरि विशेष सेवा प्रवाहका लागि नगरले सहयोग गर्ने बताए ।त्यसै गरि उममेयर लक्ष्मी योगीले आफुहरू जनताको सेवक भएको भन्दै यहाँका जनताहरूलाई आँखा उपचार सेवामा पहुँच वृद्धिका लागि आफुहरू लागने बताईन ।

उनले आफ्नो क्षेत्रवाट हुन सक्ने सवै सहयोग गर्ने प्रतिबद्धता व्यक्तगरिन । त्यसैगरि गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले यहाँ को आँखा अस्पताललाई यस क्षेत्रको नमुना अस्पताल बनाउन आफुहरू लागने भन्दै कोहि पनि पैसाको अभावले अन्धोपनमा बस्नु पर्ने अवस्था आउन नदिन अस्पताल संग साझेदारि गरेर विभिन्न आँखा सम्वन्धि कार्यक्रमहरू ल्याउने बााईन् ।त्यसैगरि नगरका प्रवक्ता तथा वडा नं् ७ का वडाध्यक्ष मोहन गिरीले स्वास्थ्य क्षेत्रको विकासका लागि आफुहरू लागने बताए ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य, दाङका सभापति कृष्णकुमार गिरीले सवैको साथ र सहयोगले अस्पताको विकास भएको भन्दै अन्धोपन न्यूनिकरणमा सवैको भुमिका आवश्यक रहेको बताए । उनले नवनिर्वाचित सवै जनप्रतिनिधिहरूलाई बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष लिला शाह, नेपाल नेत्रज्योति संघ दाङका सल्लाहकार उमाकान्त पन्त, उपसभापति रेशमबहादुर खड्का सचिव सुरेन्द्र बहादुर खड्का,कोषध्यक्ष श्यामप्रकास आचार्य, सहसचिव चिरञ्जीवि रिजाल, चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाललगायतले शुभकामना व्यक्तगरेका थिए ।

संघका सभापति कृष्णकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक सम्शेर थापाले नेपाल नेत्रज्योति संघ र आँखा स्वास्थ्य कार्यक्रमको गतिविधि र भएगरेका गतिविधिहरुको वारेमा जनप्रतिनिधिहरुलाई जानकारी गराउदै बधाई ज्ञापन गरेका थिए । सो अवसरमा जनप्रतिनिधिहरूले संघद्धारा सञ्चालीत लमही आँखा अस्पताल संगको साझेदारी र सहकार्यमा आगामी दिनहरुमा दृष्टि बिहिनता (अन्धोपन) लाई न्यूनिकरण गर्ने कार्यमा सहकार्य गर्ने अध्यक्षहरुले प्रतिवद्धता व्यक्तगरेका थिए । नगर प्रमुख उपप्रमुख वडाध्यक्ष र सदस्यहरुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad