Ad Area

दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


दाङ, जेठ १२ । दाङमा मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्ड अन्तरगत घोराही १० सेवार खोला नजिकै रा १ क ४३७३ नम्बरको ट्रकले रा ५ प १५३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा घाेराही उपमहानगरपालिका वडा नम्बर १९ नयाँबस्तीका बागकुमार पुन रहेकाे जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताए । उनका अनुसार मिनि ट्रक घोराहीबाट तुलसीपुर तर्फ जाँदै गरेकाे थियो ।

सोहि समयमा विपरित दिशाबाट आएको मोटरसाइकलाई आज साँझ साढे ५ बजे ट्रकले ठक्कर दिएको थियो ।

शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको र थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad