Ad Area

दाङका कम्प्युटर व्यवसायी आन्दोलित


घोराही,१६ जेठ । दाङमा कम्प्युटर व्यवसायीहरु आन्दोलित भएका छन् । कम्प्युटर एशोसिएसन अफ नेपाल क्यानले जिल्लाका सूचना तथा प्रविधि क्षेत्रका व्यवसायी तथा पेशाकर्मीहरुलाई बाहिर राख्ने काम गरेको भन्दै संघर्षका कार्यक्रमहरु अघि बढाएको संर्घष समितिका संयोजक धिरज पौडेलल बताएका छन् । क्यानले कम्प्युटर व्यवसायीको हकहितका पक्षमा काम नगरेको र महोत्सव लगायतका कुनै पनि गतिविधि समेत नगरेको उनको आरोप छ ।

यसैबीच क्यानका जिल्ला कोषाध्यक्ष मदन खनाल र सदस्य शिवराज भुसालले व्यवसायीहरुको आन्दोलनलाई समर्थन गर्दै राजीनामा दिएका छन । क्यानको असोजमा हुने अधिवेशनमा कम्प्युटर व्यवासायीले आफूहरुलाई समेट्नु पर्ने माग राखेका छन् । यसका लागि केन्द्र समक्ष पत्राचार गरेका छन् ।

क्यान महासंघ दाङका जिल्ला अध्यक्ष कर्ण पुनले कम्प्युटर व्यवसायीलाई क्यानमा समेट्न प्रयास गरेपनि छलफलमा नआएको बताए त्यस्तै केहीको भने आवश्यक काजगात र विवरण नहुँदा केन्द्रबाटै सदस्यता दर्ता र नविकरणका समस्या भरहेको बताए ।

उनले क्यान सूचना प्रविधि तथा त्यससँग सम्बन्धीत पेशाकर्मीहरुको छाता संगठबन भएकाले आफ्नो समस्याबारे खुलेर छलफलमा आउँन आग्रह गरेका छन् । पत्रकार सम्मेलनको सहजीकरण कम्युटर ब्यबसायी युबराज पोखरेलले गरेका थिए । दाङमा करिब १ सय ५० बढी कम्प्युटर व्यवसायीहरु रहेका छन् ।

Blog Post Ad Blog Post Ad