पद्मोदयमा ३० जनाद्वारा रक्तदान
बिष्णु गोराथोकी
घोराही, १६ जेठ । पछिल्लो समय दाङमा ब्लड नपाएर बिरामीहरूले अकालमै ज्यान गुमाउनु परिरहेको छ । रक्तसञ्चार केन्द्रमा पनि ब्लड कमि भएको भन्ने खबर बाहिर आएका छन् । सोही खबरलाई मध्यनजर गर्दै आज सोमबार पद्मोदय क्याम्पसमा रक्तदान कार्यक्रम आयोजना सम्मन्न गरिएको छ ।
मेचीमहाकाली बृहत रक्तदानसँगै साइकलयात्रा भन्ने मुलनारासहित साइकल यात्रामा हिडेका सन्देश सुबेदी, अजित बराल, सन्तोश बराल, मञ्जिल उप्रेती र कमल मगरलाई सम्मान गर्दै शिक्षक बिद्यार्थी समन्वय समितिले पद्मोदय क्याम्पसमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
क्याम्पसमा सोचेको भन्दा धेरै रक्तदान भएकोले आयोजक टिम सन्तुष्ट रहेको क्याम्पस प्रमुख निश्चल आचार्यले बताउनुभयो । क्याम्पसमा बिद्यार्थीहरुको सक्रियताले यो कार्यक्रम आयोजना गर्न सफल भएको आयोजकले बताएको छ ।
रक्तदान गर्ने रक्तदाता धेरै जना नयाँ भएपनि रक्तदान गर्दा कुनै समस्य नभएको र रक्तदान गर्नुपर्ने बिद्यार्थीले बताएका छन् । सोही अवसरमा ३० जनाले रक्तदान गरेको छन् ।
जसमा प्रेमिका पुन मगर , पुमा चौधरी, प्रभाकर रोका मगर, विष्णा घर्ती, गोमा घर्ती मगर, भावना जिएम, नन्दराम राना मगर, सावित्रा घर्ती मगर, सुनिल कुमार घर्ती मगर, सिर्जना गिरी, शिरिश रेग्मी, सपना घर्ती मगर , सिमरन चौधरी, दिपक पाण्डे, लक्ष्मण वली, रमेश वली, खेमराज पुन मगर, मिना बोहरा, विनिता चौधरी, बिनिता नेपाली, नारायणी डाँगी, विजय चौधरी, नारायण न्यौपाने, सुरज आचार्य, सविन चौधरी, विकास सेन, प्रेम प्रकाश वली, जनक नेपाली, विबेक नेपाली र श्रीधर भण्डारीले रक्तदान गरेका हुन् ।
क्याम्पसमा अन्य दिनहरुमा पनि कार्यक्रम गर्ने आयोजक टिमले जनाएको छ । उक्त कार्यक्रमा मेगा बैंक घोराही शाखाले आर्थिक सहयोगका साथै व्यवस्थापन गरेको थियो भने शिक्षक बिद्यार्थी समन्वय समितिले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।