Ad Area

पोग्वाले क्लब छाड्ने म्यानचेस्टर युनाइटेडको घोषणा


काठमाडौं,१८ जेठ । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले मिडफिल्डर पाउल पोग्वाले यसै महिनाको अन्तिमदेखि क्लब छाड्ने घोषणा गरेको छ ।

सम्झौता सकिएसँगै पोग्वा फ्रि ट्रान्सफरबाट बाहिरिनेछन् । २९ वर्षीय पोग्वा सन् २०१६ मा कीर्तिमानी ८९ मिलियन पाउण्डमा युभेन्टसबाट युनाइटेड फर्किएका थिए । हालै सकिएको सिजनमा चोटका कारण उनले २७ खेलमात्र खेलेका थिए ।

‘यो सामान्य अन्त्य रह्यो । तर युनाइटेडको आगमनले उनका सबै व्यक्तिगत उच्च क्षणहरु ल्याएका थिए,’ ओल्ड ट्राफोटले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘धेरै सुन्दर गोलहरु, असिस्ट र थुप्रै कौशलता ।’

पोग्वा पहिलोपल्ट सन् २००९ मा १६ वर्षको उमेरमा युनाइटेडको एकेडेमीमा भर्ना भएका थिए । उनले त्यतिबेला सन् २०११ मा युथ कपको उपाधि जितेका थिए ।

सन् २०१२ को जुलाइमा सम्झौता सकिनुअघि म्यानचेस्टर युनाइटेडको सिनियर टिमका लागि सात खेल खेलेका थिए । त्यसपछि उनी युभेन्टस पुगे । टुरिनमा रहँदा उनले लगातार चार पटक सिरी ए सहित ८ प्रमुख उपाधि जिते । त्यसपछि कीर्तिमानी मूल्यमा ओल्ड ट्राफोट फर्किएका हुन् ।

पुनरागमनपछिको पहिलो सिजनमा उनले लिग कप र युरोपा लिगको उपाधि जिते । पोग्वाले युनाइटेडका लागि २३३ खेलमा ३९ गोल गरेका छन् ।

Blog Post Ad

 

Blog Post Ad Blog Post Ad