Ad Area

बसको ठक्करबाट साइकलयात्री घाइते


देउखुरी,१८ जेठ । दाङको देउखुरीमा यात्रुबाहक बसको ठक्करबाट एक साइकलयात्री घाइते भएका छन् ।

बुधबार बेलुका पौने ५ बजेतिर लमही नगरपालिका ४ अर्नहवामा भालुवाङदेखि लमहीतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको यात्रुबाहक बसले साइकलयात्रीलाई ठक्कर दिंदा लमही-३ नारायणपुर निवासी अन्दाजी ३५/४० वर्षीय विशाल डांगी गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते डांगीको लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज भैरहवा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । त्यस्तै गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भैरहेको जनाएको छ ।

Blog Post Ad Blog Post Ad