Ad Area

मन्त्री डिल्ली चौधरीबाट नमः छु बौद्ध विहारको उद्घाटन गरिने


प्रेम विवश घर्ती
दाङ,२१ जेठ । तुलसीपुर उपमहानगरपालिका–५ मा रहेको नमः छु बौद्ध विहार गुम्बाको उद्घाटन यही जेठ २५ गते गरिने भएको छ ।

गुम्बाको उद्घाटन लुम्बीप्रदेश ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले गर्ने भएका छन् । नेपाल मगर बौद्ध सेवा समिति दाङको अध्यक्ष मनी बुढा मगरको अध्यक्षतामा शनिवार तुलसीपुरमा बसेको बैठकले विहारको उद्घाटन कार्यक्रमको लागी विभिन्न उपसमिति गठन गरेको छ ।

बैठकले आर्थिक संयोजकमा देव बहादुर रोकामगर, अतिथी सत्कार संयोजकमा टोपबहादुर घर्तीमगर, प्रचारप्रसार संयोजकमा प्रेम विवश घर्ती मगर, मञ्च व्यवस्थापन संयोजकमा रामकुमार घर्ती मगर, सँस्कृतिक संयोजकमा दत्तबुढा मगर र जलपान व्यवस्थान संयोजकमा रुपलाल घर्ती मगरलाई चयन गरेको छ ।

जेठ २५ गते विहान ११ बजे तुलसीपुर अरनीको मैदानबाट ¥याली शुरु भै नमः छु बौद्ध विहार गुम्बामा समुद्घाटन कार्यक्रम हुनेछ । साथै सोही दिन नेपाल मगर बौद्ध सेवा समिति दाङको प्रथम अधिवेशन समेत हुने प्रचारप्रसार संयोजक घर्ती मगरले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad