Ad Area

एकीकृत समाजवादीले बुझायो नयाँ मन्त्रीको नाम, सहरी विकासमा दाङका चौधरी र स्वास्थ्य राज्यमन्त्री केसी


काठमाडौं,२२ जेठ । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । पार्टीको सचिवालय समितिको आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो ।

सरकारमा सहभागी गराउन ५ नेताको नाम प्रधानमन्त्री देउवालाई बुझाएको एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले जानकारी दिएका छन् । उनका अनुसार अब दाङ निवासी मेटमणि चौधरी सहरी विकास मन्त्री बन्ने भएका छन् ।

त्यसैगरी भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेछन् भने जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् । त्यस्तै अर्का दाङ निवासी सांसद हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन् ।

यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेमबहादुर आले, सहरी विकासमा रामकुमारी झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ मन्त्री थिए । स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ थिए ।

Blog Post Ad Blog Post Ad