Ad Area

बाल विकास माविमा गमलामा वृक्षारोपण


घोराही, २२ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको बाल विकास माध्यमिक विद्यालयले विश्व वातावरण दिवसका असारमा गमलामा वृक्षारोपण तथा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत सम्मान कार्यक्रम गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यता एवं घोराही १४ का वडा अध्यक्ष भानसिंह बुढा सहित वडा सदस्यहरुको उपस्थितीमा कार्यक्रम गरिएको हो ।

स्वागत सम्मान कार्यक्रममा बोल्दै उपप्रमुख डिसीले विद्यालयको शैक्षिक सुधारलाई उपमहानगरले प्रमुखकताका साथ हेर्ने बताउनुभयो । शिक्षा विनाको जिवन नुन विनाको तरकारी जस्तै हुने भन्दै प्रत्येक बालबालिकालाई गुणस्तरिय शिक्षाको पहुचमा ल्याउने कुरामा आफु प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

यस्तै घोराही १४ का वडाअध्यक्ष बुढाले वडाभित्र रहेका विद्यालयको अनुगमन, घुम्ति बैठक, शिक्षकहरुको क्षमता बिकासका लागी तालिम जस्ता पक्षलाई गम्भीरता साथ हेर्ने बताउनु भयो । विद्यालयका प्रधानाध्यापक श्रीधर पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको कार्यक्रममा बोल्दै घोराही कवाड प्रेस उद्योगका सञ्चालिका बाल्मी केसीले वातावरण दिवसका अवसरमा गमलामा विरुवा रुप्नु उदाहारणिय काम भएको भन्दै वातावरणलाई प्रदुषण रहित बनाउन सबै सधै लाग्नु पर्ने बताउनु भयो ।

वातावरण दिवसका बेला वृक्षारोपण मात्रै नभई वातावरणलाई सफा राख्न सरसफाईका कार्यक्रम समेत गर्न आवश्यक भएको बताउनु भयो । विद्यालयको आर्थिक अवस्थाका बारेमा लेखापाल चादना हमालले जानकारी गराएको कार्यक्रमको सहजिकरण शिक्षिका लक्ष्मी केसीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad