Ad Area

मेट्रो कलेजमा मनाइयो वातावरण दिवस


तुलसीपुर,२२ जेठ । विश्व वातावरण दिवसका अवसरमा तुलसीपुर मेट्रो कलेजमा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । वन विज्ञान विषयमा अध्ययरत विद्यार्थीहरुले वातावरण संरक्षणमा हाम्रो दायित्व विषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रमका बोल्दै ग्रिन फाउन्डेसनका अध्यक्ष घनश्याम पाण्डेले वन र वातावरणको मुद्दा विश्वका लागि पहिलो मुद्दा भएको बताए । उनले वातावरण संरक्षणका लागि सबैले चासो दिनुपर्ने बताउँदै नयाँ पुस्ताका लागि वातावरण जोगाउनुपर्ने दायित्व रहेको वताए ।

‘वातावरणीय सन्तुलन कायम गर्न नसक्दा केयौ देशहरुले नराम्रोसँग मुल्य चुकाउनु परेको छ ’ कार्यक्रमका प्रमुख अतिथि रहेका अध्यक्ष पाण्डेले भने । ‘मानिसको जीवनशैलीले वातावरणमा समस्या निम्त्याएको छ, अब हामीले हाम्रो जीवनशैली वातावरणमैत्री बनाउनुपर्दछ’ पाण्डेले वताए ।

कार्यक्रममा शिक्षक लक्ष्मी केसीले वातावरण संरक्षणमा युवाको भुमिका विषयमा प्रस्तुति राखेकी थिइन् । सो अवसरमा विद्यार्थीहरु उमा भण्डारी, दिया शर्मा, सन्दिप मल्ल र सुस्मिता डाँगीले वातावरण संरक्षणका लागि संवेदनशिल हुनुपर्ने बताए ।

ग्रीन फाउन्डेशन नेपाल दाङ्गका अध्यक्ष सुरेश रावतको अध्यक्षतामा भएको कार्यक्रममा कलेज प्रमुख वसन्त आचार्यले स्वागत गरेका थिए भने सहजिकरण केपी भण्डारीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad