Ad Area

वातावरण दिवसमा शान्ति समाजले बृक्षारोपनसँगै सरसफाई


तुलसीपुर, २२ जेठ । बिश्व वातावरण दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले बृक्षारोपण,गोडमेल र सरसफाई गरेको छ । तुलसीपुर उपमहानगरपालिका रझेनी स्थीत बृद्धासेवा समिति परिसरमा यसअघि रोपिएका बिरुवालाई गोडमेल र परिसर सरसफाई गरिएको हो ।

२०७६ मंसिर २७ र २८ गते दाङको तुलसीपुरमा सम्पन्न भएको मानव अधिकार तथा शान्ति समाजको २२ औं राष्ट्रिय परिषद् बैठकका बखत साप्ताहीक कार्यक्रम अन्तर्गत उक्त स्थानमा श्रीखण्ड,कपुर,निम,अमला लगायत ५० बढि बिरुवा रोपिएका थिए । ती बिरुवालाई गोडमेल गर्दै आएको शान्ति समाजले यसपटक वातावरण दिवसको अवसरमा पून : सरसफाई तथा गोडमेल गरेको हो ।

दिवसकै अवसरमा यसपालि मेवा,आप लगायतका बिरुवा समेत रोपिएका छन् । बिरुवा रोपण,गोडमेल र सरसफाई कार्यक्रम पछि वातावरण दिवसकै सन्र्दभमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले स्वच्छ वातावरण आम नागरिकको मौलिक अधिकार भएको बताए । यसका लागि ब्यक्ति स्वयम सेचत भई वातावरण संरक्षणमा जुट्न आह्वान समेत गरेका थिए ।

सरसफाई अभियान्ता बिमल रिजालले वातावरण संरक्षणका लागि हरियाली आबश्यकको बताउनुभयो । त्यसका लागि अक्सीजन बढी उत्पादन गर्ने बिरुवा र ओखतीजन्य बिरुवा रोप्नुपर्ने बताए ।

कार्यक्रममा शान्ति समाजका केन्द्रिय सचिब निर्मल नेपाली,तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे,शान्ति समाजका पूर्व केन्द्रिय उपसभापति मोहन धिताल,बृद्ध सेवा समिति जेष्ठ नागरिक समाजका उपाध्यक्ष गोपाल प्रसाद उपाध्याय लगायतले आ आफ्ना बिचार राखेका थिए । शान्ति समाज दाङका सभापति तुलसीराम सुनारको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिब निर्मला डिसीले गरेकी थिइन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad