Ad Area

स्वर्गीय शिक्षक पुनको सम्झनामा अक्ष्यकोष स्थापना


दाङ,२३ जेठ । सडक दुर्घटनामा ज्यान गुमाएका शिक्षक भागकुमार पुनको सम्झनामा घर परिवारले आधारभुत बिद्यालय बंगलाचुली–२ स्थीत आधारभूत विद्यालय मर्पेसमा अक्ष्यकोष स्थापना गरेका छन् ।

परिवारले सोमवार श्रद्धाञ्जलीसभाका अवसर पारेर तीन लाख रुपैयाको ‘भागकुमार पुन स्मृति अक्षयकोष स्थापना गरेका हुन । अक्ष्यकोषको रकमबाट वार्षिक रुपमा प्राप्त हुने ब्याजबाट स्वर्गीय पुनले पढाउने विद्यालयमा कक्षा १देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरु मध्य बार्षिक परिक्षामा प्रथम हुने छात्रा÷छात्रहरुलाई पुरस्कार प्रदान गरिने भएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष घनश्याम घर्तीको अध्यक्ष तथा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीको प्रमुख आतिथ्यता एवं बंगलाचुली गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष मैते पुन, समाजसेजी पूर्णबहादुर मल्लको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा श्रद्धाञ्जली कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष रेशमबहादुर थापा, बिद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष अमृतबहादुर मल्ल,बंगलाचुली गाउँपालिका–२ का सदस्य भुपेन्द्र मल्ललगायत, परिवारको तर्फबाट रामकुमार घर्तीले शोक मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालयका प्रअ तेजबहादुर मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन विद्यालय ब्यवस्थापन समितिका सदस्य बलदेव मल्ल गरेका थिए ।