Ad Area

किसानलाई रासायनिक मल पाउनै मुस्किल, प्राङगारिक मल उत्पादन गर्ने उद्योग समस्यामा


दाङ, २४ जेठ । नेपालमा रासायनिक मलको समस्या बर्सेनि हुने गरेको छ । नेपालमा उत्पादन नहुने र बाह्य देशबाट ल्याउनु पर्दा बर्सेनि किसानहरूले वर्षे खेतीका लागि रासायनिक मलको समस्या भोग्ने गरेका छन् । तर रासायनिक मलको विकल्पका रूपमा सञ्चालन भएका साना प्राङ्गारिक मल उत्पादन गर्ने कम्पनीहरू भने आर्थिक अभावकै कारण धारासायी अवस्थामा छन् ।

त्यसैको उदाहरणका रूपमा घोराही उपमहानगरपालिका–१७ बेल्भारमा २०७१ सालमा स्थापना भएको ‘सूर्य शक्ति जैविक प्राङ्गारिक मल उत्पादन केन्द्र प्रालि’ हो । रासायनिक मलको विकल्पका रूपमा प्राङ्गारिक मल उत्पादन गर्ने गरी सरकारको ५० प्रतिशत अनुदानमा स्थापना भए पनि आर्थिक समस्याका कारण उद्योग सञ्चालनमा पटक–पटक समस्या भएको सूर्य शक्ति जैविक प्राङ्गारिक मल उत्पादन केन्द्र प्रालिका सञ्चालक महेश चौधरीले बताएका छन् । उद्योग स्थापना गरेको दुई वर्षपछि नेपाल कृषि अनुसन्धान केन्द्र नार्कबाट २०७३ सालमा अनुमति प्राप्त गरेर प्राङ्गारिक मल वितरण गर्दै आए पनि कोरोना भाइरसका कारण बन्द हुन पुगेको थियो ।

कोरोना महामारीका कारण केही वर्ष बन्द भएको उद्योगलाई अहिले भारतबाट थप मेसिन ल्याएर स्तर वृद्धि गरेर सञ्चालनको तयारी भइरहेको चौधरीले बताए । ‘उद्योग २०७१ सालमा स्थापना भए पनि २०७३ मा नेपाल कृषि अनुसन्धान केन्द्र ९नार्क०बाट अनुमति प्राप्त गरेर प्राङ्गारिक मल उत्पादन गर्दै आएका थियौँ’, सञ्चालक चौधरीले भने, ‘तर कोरोना भाइरसले अन्य क्षेत्रमा जस्तै हाम्रो उद्योगमा असर ग¥यो, जसका कारण केही वर्ष उत्पादन बन्द हुन गयो ।’

सञ्चालक चौधरीले अहिले पुरानो मेसिनबाट थेरै उत्पादन भए पनि नयाँ प्लान्टका स्थापना भएपछि उत्पादन बढ्ने बताएका छन् । नयाँ प्लान्ट स्थापनाका लागि भारतबाट मेसिन आउन थालेको बताएका छन् । ‘पुरानो मेसिनबाट अहिले दैनिक १०–१५ क्विन्टल मल उत्पादन गरिरहेका छौँ’, पूर्व सांसद समेत रहेका चौधरीले भने, ‘नयाँ मेसिन आउँदै छ, त्यो जडान भएपछि प्रतिघण्टा ७ देखि १० क्विन्टल मल उत्पादन गर्ने तयारीमा छौँ ।’

असारको पहिलो हप्तादेखि उत्पादन गर्ने रहेको भन्दै उनले नार्कबाट अनुमति प्राप्त प्राङ्गारिक मल भएकाले किसानले रासायनिक मल यूरिया र डिएपीको विकल्पमा प्रयोग गर्न सक्ने बताउँछन् । ‘हामीले उत्पादन गरेको सूर्य शक्ति जैविक प्राङ्गारिक मल धानखेतीसँगै तरकारी र फलपूmल खेतीका लागि प्रयोग हुँदै आइरहेको छ’, उनले भने, ‘त्यसका लागि विभिन्न साइजमा मलका प्याकेटहरू बनाउने गरेका छौँ ।’

उनले अहिले उद्योगबाट प्राङ्गारिक डिएपी र कम्पोष्ट मल उत्पादन गर्ने तयारीमा रहेको बताए । कृषिका लागि प्राङ्गारिक मल बहुपयोगी भए पनि किसानले बढी उत्पादन दिने नाममा रासायनिक मल प्रयोग गर्ने गरेको बताउँछन् । ‘उत्पादनसँगै जमिनको उर्वरा शक्ति बचाइराख्नका लागि समेत प्राङ्गारिक मल आवश्यक छ’, उनले भने, ‘तर चेतनाको कमीका कारण छोटो समयमा बढी उत्पादन लिन किसानले रासायनिक मल प्रयोग गर्छन् ।’

Blog Post Ad

सञ्चालक चौधरीले सरकारले साना उद्योगलाई बचाउनका लागि आर्थिक सहुलियतसँगै कृषि व्यवसायमा प्राङ्गारिक मलको प्रयोग बढाउने बातावरण बनाउन सके किसानले बर्सेनि भोग्दै आएको रासायनिक मलको समस्या हटाउन सकिने उनको भनाइ रहेको छ । उद्योगलाई आर्थिकसँगै विद्युत र दक्ष जनशक्तिको समस्या रहेको सञ्चालक चौधरीले ब

Blog Post Ad Blog Post Ad