Ad Area

तुलसीपुरमा विश्व खाद्य स्वच्छता दिवस मनाइयो


तुलसीपुर, २४ जेठ । तुलसीपुरमा विश्व खाद्य दिवस एक कार्यक्रम गरि मनाइएको छ । कार्यक्रमका सहभागीले स्वास्थ्यसंग जोडिएको खाद्य स्वच्छतालाई व्यवहारिक तहमा कार्यान्वयनका लागि खाद्यवस्तु उत्पादन गर्ने किसान, उद्योगी व्यवसायीदेखि उपभोग गर्ने उपभोक्ता सचेत बन्नुपर्नेमा जोड दिएका छन् ।

नगर प्रमुख टिकाराम खड्काले स्वास्थ्य सुरक्षाका लागि उत्पादनदेखि नै उपभोगसम्म सबै सचेत हुनसके खाद्य अधिकार सुनिश्चितता गर्न सकिने बताएका छन् । युवा पुस्तामा पत्रु खानेकुरा बढ्दोक्रममा रहेकाले त्यस्ता खानेकुरा नखान आग्रह गरेका हुन । उनले खानेकुराबाट ग्रसित हुनुपरेको बताउँदै नगरप्रमुख खड्काले नयाँ पुस्ताले जैविक उत्पादन र उपभोगलाई जोड दिनुपर्ने बताए ।

उनले व्यस्त जीवनशैलीका कारण रसायनयुक्त खाना खानुपरेको र सुधार आवश्यक रहेको भनाइ थियो । बजारमा आउने विभिन्न खाद्यवस्तु खरिद गर्दा उपभोक्ता सचेत बन्नुपर्नेमा उनको जोड दियो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष केशव कुमार शर्माले सेवा लिदा उपभोक्ता बढी सचेत हुनुपर्ने बताए । खाद्य सुरक्षा सुनिश्चिततामा स्थानीय सरकारले पनि चासो दिनुपर्नेमा उनको भनाई थियो ।

नीतिगतरूपमा नै उपभोक्ता जागरणलाई प्राथमिक दिनुपर्ने बताउदै उहाँले आवश्यक बजेट विनियोजनमा जोड दिन आग्रह गरे । बजारको नियमित अनुगमनले पनि खाद्य अधिकार सुनिश्चितता गर्न सकिनेमा जोड थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर प्रमुख उज्ज्वल आचार्यले खाद्य स्वच्छतालाई अझै कार्यालयले काम गरिरहेको बताउदै खाद्य ऐेन २०२३ बमोजिम सचेतना, अनुगमन र निरिक्षण, प्रयोगशाला परिक्षण गरेर खाद्य अधिकार सुनिश्चितता गरिरहेको बताए ।

Blog Post Ad

मासु र कृषि जन्य वस्तुमा बढ्दै गएको खाद्य असुरक्षालाई नियन्त्रण आवश्यक रहेको उनको भनाई छ । तुलसीपुर बहुप्राविधिक शिक्षालयका फुड एण्ड डेरीका प्रशिक्षक सुदर्शन गोसाईले अखाद्य वस्तुका कारण स्वास्थ्यमा क्षति पुग्ने गरेको बताए । उनले फ्राई गरेको तेललाई पुन प्रयोगमा ल्याउन नहुने , पत्रपत्रिकाको प्रयोग स्वास्थ्यका लागि हानिकारक हुने उहाँले बताउनुभयो । उहाँले खानेकुरामा कृतिम रंगको प्रयोग, फुल्कीमा अखाध्य अमिलो प्रयोग बढ्दै गएकाले स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको उल्लेख गरे ।

शिक्षालयका प्रमुख बसन्त आचार्यले अस्वस्थकर खानेकुराबाट बच्न सबै सचेत बनन तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले व्यवसायीलाई उपभोक्ताको खबरदारी गर्न आवश्यक रहेको बताए ।

नगर उपप्रमुख स्यानी चौधरीको अध्यक्षता तथा नगर प्रमुख खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । तुलसीपुर बहुप्राविधिक शिक्षालयको सहकार्यमा तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा भएको कार्यक्रमको सहजीकरण शाखा प्रमुख रेखा शर्माले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad