Ad Area

देउखुरीको गोवरडियामा स्कारपियो दुर्घटना, दुई जना घाइते


दाङ,२४ जेठ । देउखुरीको गढवा गाउँपालिका–३ गोबरडिहामा स्कारपियो दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

गढवा–कालाकाटे सडक खण्डअन्तर्गत पूर्वदेखि गढवातिर आउँदै गरेको बा १२ च ८९६९ नम्वरको स्कर्पियोले विपरित दिशाबाट आउँदै गरेको रा ४ प ९०९८ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा दुई जना घाइते भएको प्रहरी जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल पठाइएको छ । स्कारपियो चालक भने फरार रहेका प्रहरीले जनाएको छ । घट्नामा घाइते हुनेहरुको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

 

Blog Post Ad Blog Post Ad