Ad Area

तुलसीपुरमा कार्यपालिका सदस्यहरुद्वारा शपथ ग्रहण


तुुलसीपुर,२४ जेठ । तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कार्यपालिका सदस्यमा पाँच जना महिला र दलित तथा अल्पसंख्यक तर्फ तिन जना गरी आठ जनाले मंगलवार एक कार्यक्रमका बिच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका निर्वाचन अधिकृत राजेश्वर अर्यालले निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरे पश्चात मेयर टिकाराम खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । मेयर खड्का मार्फत महिलातर्फ तुलसीपुर १ बाट गौरी नेपाली,वडा नम्वर ६ बाट यमुना परियार, वडा नम्वर ९ बाट बसन्ता केसी, वडा नम्वर १५ बाट सिता कुमारी लामीछाने र वडा नम्वर १६ बाट रिखा शर्माले कार्यपालिका सदस्यको पद तथा शपथ लिनु भएको हो ।

यस्तैगरी दलित तथा अल्यसंख्यकतर्फ तुलसीपुर ४ बाट लक्ष्मण विश्वकर्मा, वडा नम्वर १२ बाट मोहन विक र वडा नम्वर १७ बाट तुलाराम नेपालीले शपथ लिनु भएको छ । सपथ ग्रहण गराउदै मेयर खड्काले निष्पक्ष र निष्ठा पुर्वक जनताको सेवा गर्नुपर्ने बताउनुभयो । उहाले कसै प्रति विभेद नगरी सवै जनताको निस्वार्थ रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमालेबाट कार्यपालिका सदस्यका लागी आठ जनाको मात्रै उमेदवारी परेपछि निर्वाचन कार्यालय गत शनिवार निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । कार्यपालिकामा आठ जना मनोनित मध्ये पाँच जना महिला जननिर्वाचित र दलित तथा अल्पसंख्यकबाट तिन जना सदस्य रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्यमा १९ जना वडा अध्यक्ष , प्रमुख र उपप्रमुख तथा निर्वाचित आठ जना गरी २९ जनाको कार्यपालिका सदस्यीय बनेको छ । कार्यपालिकामा एमालेको दुई तिहाई बहुमत रहेको छ । मेयर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण बैठक शाखा संयोजक झरेन्द्र खरलले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad