Ad Area

मारिकोल्सलाई प्रथम सन्तोष स्मृति कप फुटबलको उपाधी


लक्ष्मण बस्नेत
दाङ,२५ जेठ । दाङको तुलसीपुरमा संचालित प्रथम सन्तोष स्मृति कप फुटबल प्रतियोगिता २०७९ को उपाधी क्याम्पस अफ लाईभ साईन्सेस् मारिकोल्स ए ले जितेको छ ।

क्याम्पस अफ लाईभ साईन्सेस् तुलसिपुरको आयोजनामा संचालित प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेलमा तुलसीपुर मेट्रो कलेज हरिपौरी दाङलाई सुन्यका विरुद्ध एक गोलले पराजित गर्दै क्याम्पस अफ लाईभ साईन्सेस् मारिकोल्सले उपाधी जितेको हो ।

उपाधीसंगै उसले नगद ३५ हजार,कप,मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाईनलमा सम्मानजक हार ब्यहोरेको मेट्रो कलेज हरिपौरी उपविजेतामा सिमित रहदै नगद १५ हजार,मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

उल्लेख्य दर्शकले भरिएको अरनिको खेल मैदान तुलसिपुरमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको दोस्रो हाफ्को २३ औ मिनेटमा क्याम्पस अफ लाईभ साईन्सेस् का जर्सी न १२ का रामसन केसीले गरेको गोल नै निर्णायक गोल सावित भयो । प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री मोहन गौतम, सन्दिप बिक, किरणनाथ योगी रहेका थिए ।

चार दिनसम्म चलेको अन्तर कृषि कलेज स्तरिय प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । यसैबिच प्रतियोगिताको समापन समारोह क्याम्पस अफ लाईभ साईन्सेसका क्याम्पस प्रमुख केशर खत्रीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका मेयर टीका राम खड्काको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको खेलकुदको विकास विना देशको समृद्धी असम्भव भएको बताए ।

मावन समाज र अनुशासन को मुख्य मेरुदण्ड खेलकुद हो यसको विकास विना समृद्धी सम्भव छैन अव स्थानीय तह सिंगो खेलकुदको विकासमा जुट्न आवश्यक रहेको बताएका थिए ।

Blog Post Ad

त्यस अबसरमा प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फ बेस्टप्लेयर खेलाडी क्याम्पस अफ लाईभ साईन्सेसका अन्जन चौधरी, हाईवस्कोरर (क्याम्पस अफ लाईभ साईन्सेसकै बिज्ञान गौतम र वेस्ट गोल किप्पर तुलसीपुर मेट्रो कलेजका अशोक शर्मा घोषित भएको क्याम्पस अफ लाईभ साईन्सेसका संचालक तथा एकाडेमिक एड्भाईजर मनोज बस्नेतले जानकारी दिएका छन् । कार्यक्रमको संचालन क्याम्पस अफ लाईभ साईन्सेसका छात्रा रितु बराईलीले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad