Ad Area

मेलानको स्थापना दिवसमा निशुल्क स्वास्थ्य परिक्षण


दाङ,२७ जेठ । मेलानको स्थापना दिवसका अवसरमा कैदीवन्दीको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । मेलानको १७ औं स्थापना दिवसको अवसरमा शुक्रवार तुलसीपुरमा रहेको कारागारमा ५४४ जना कैदीवन्दीको निशुल्क स्वास्थ परिक्षण तथा ब्लड ग्रुपिङ क्याम्प गरेको हो ।

मेलान दाङका जिल्ला अध्यक्ष जयप्रकाश वलीको अध्यक्षतामा भएको कार्यक्रम नेपाल स्वास्थ्य प्राबिधिक संघ(एब्ल्) दाङ का अध्यक्ष दोर्णबहादुर वलीको बिशेष सहयोगमा भएको कार्यक्रर्मको सहभागीहरुले कैदीवन्दीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेर मेलानले स्थापना दिवसका अवसरमा महत्वपूर्ण काम गरेको बताएका थिए ।

स्वास्थ्य परिक्षणमा प्राबिधिक टोलीमा मेलान जिल्ला कोषाध्यक्ष चिरञ्जीवी ढकाल तथा सदस्य लिलाधर खड्का(जीवन),नारायण रिजाल ,सालिकराम गौतम, सन्तोस न्यौपाने, ओमकार केसी, युवराज वली, युवराज मल्ललगायतकाको सहभागिता रहेको सचिव बुद्धिराज सापकोटाले जानकारी दिएका छन् । सचिव सापकोटाले कार्यक्रमलाई सफल बताउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद तथा आभार प्रकट गर्दै आगामि दिनहरुमा सहयोगको अपेक्षा गरेका बताएका छन् ।

Blog Post Ad Blog Post Ad