Ad Area

पौडी खेल्ने क्रममा शान्तिनगरमा एकजनाको मृत्यु


शान्तिनगर, २७ जेठ ।शान्तिनगर गाउँपालिका वडा नम्बर ३ भित्री खोला स्थित हाइ ड्याममा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर वडा नम्बर ३ माइलिपानी निवासी अन्दाजी १७ बर्षिय वीर बहादुर थापा रहेको स्थानीय डिल बहादुर के.सीले जनाएका छन ।

आज दिउसो करिब पौने एक बजे तीन जना साथीहरुसंग पौडी खेल्न गएका थापाको डुबेर मृत्यु भएको जनाइएको छ । अहिले घटना स्थलमा प्रहरी चौकी चिराघाटको टोलि पुगि सकेको र लास बाहिर निकाल्नको लागि प्रहरीको टोलि घोराहीबाट घटनास्थल लागि सकेको जनाइएको छ ।

Blog Post Ad Blog Post Ad