Ad Area

चलचित्र काँडेतारको टिजर सार्वजनिक


काठमाडौं,२७ जेठ । राष्ट्रवादी धारमा निर्माण गरिएको चलचित्र काँडेतारको टिजर सार्वजनिक गरिएको छ । शुक्रबार ओएसआर युटुव च्यानलबाट टिजर सार्वजनिक गरिएको हो ।

नायक नवल खड्काकै निर्देशन एवं शिवम अधिकारी र नवल खड्काको लेखन रहेको काँडेतार सामना फिल्मस् प्रालिको ब्यानरमा निर्माण गरिएको हो ।

काँडेतारमा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी र बालकलाकारमा नादिया खड्का र सनया खड्का लगायतको अभिनय छ ।

संगीतकार मणि थापा र दिपक शर्माको संगीत रहेको काँडेतारमा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द, कविराज गहतराजको नृत्य रहेको छ ।  नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्र काँडेतारको कार्यकारी निर्माता सत्यकला राई हुन् ।

राष्ट्रवादी, चेतनामूलक एवं ऐतिहासिक विषयवस्तुका चलचित्रहरु निर्माण गरी नेपाली चलचित्र क्षेत्रमा अलग पहिचान बनाएका नायक एवं निर्माता नवल खड्काको काँडेतार राष्ट्रवादी धाराको एक सशक्त चलचित्रको रुपमा लिइएको छ । आवाज, दशगज, भिमदत्त नवलका सशक्त चलचित्रहरु हुन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad