Ad Area

सहकारी नियमन र व्यवस्थापन अनिवार्य : नगरप्रमुख खड्का


तुलसीपुर,२९ जेठ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले सहकारी संस्थाको नियमन र व्यवस्थापन अनिवार्य रहेको बताएका छन् ।

लुम्बिनी प्रदेशस्तरीय बचत सहकारी संस्थाहरुका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख खड्काले सरकारको तीन खम्बे अर्थ नीतिमा रहेको सहकारीले समुदायमा आर्थिक पक्षलाई सबल बनाउनका लागि व्यवस्थापन कार्यमा विशेष ध्यान दिनुपर्ने बताए ।

लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्रालय सहकारी प्रशिक्षालय बाँकेका प्राचार्य विनोदकुमार पौडेलको अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि खड्काले सहकारी संस्था समुदायभन्दा व्यक्ति केन्द्रित हुँदा व्यवस्थापनमा समस्या सिर्जना भएको बताए । उनले सहकारी संस्थाहरुले समुदायमा वित्तीय सचेतना ल्याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेश सहकारी संघका सचिव रुपबहादुर खत्रीले सहकारी संस्थाको व्यवस्थापनमा राज्यले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । कार्यक्रममा दाङ र रुकुमका सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा सहकारी प्रशिक्षक विश्वलाल खड्काले स्वागत मन्तव्य राखेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad