Ad Area

बंगलाचुली उवासंघको अध्यक्षमा पुलामी


दाङ, २९ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघ बंगलाचुली शाखाको अध्यक्षमा रुकप्रसाद पुलामी चयन भएका छन् । संघको प्रथम अधिवेसनले पुलामीकाे अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।समितिकाे उपाध्यक्षहरुमा कुलवहादुर वली, मेघराज दमाइ सचिवमा तिलकराम नेपाली सह-सचिवमा तामबहादुर परियार, कोषाध्यक्ष केशव जिसी रहेका छन् ।

सदस्यहरुमा विष्णु महरा, द्रोपता पौडेल, प्रेम समाल, टेकवहादुर महरा, हिमलाल वाढा, झविन्द्र भण्डारी र युवराज पुलामी रहेका छन् । अधिवेसन उद्घाटन कार्यक्रम संघका अध्यक्ष रुकप्रसाद पुलामीको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको प्रमुख आतिथ्यता एवम बंगलाचुली गाउपालिकाका उपाध्यक्ष भक्तवाहदुर जि सी विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी वुढाथोकीले आर्थिक विकासको लागि निजी क्षेत्र र सरकारी निकाय सहकार्य गरेर अगाडि वढनु पर्ने बताए ।

यसका लागि निजी क्षेत्र तयार रहेको समेत उनको भनाइ थियो । निजी क्षेत्रले विगतका वर्ष देखि नै सहकार्य गदै आएको र आउदा दिनमा पनि सहकार्य रहने वुढाथोकीले बताए । उद्योग बाणिज्य संघले व्यवासायीहरुको हक हित मात्र नभइ सामाजिक कार्यहरुमा समेत महत्वपुर्ण भुमिका खेल्दै आएको बताए । राज्यले व्यवसाय मैत्री वातावरण वनाउनु पर्ने उनको भनाइ रहेको थियो ।

कार्यक्रममा बंगलाचुली गाउपालिकाका उपाध्यक्ष भक्तवहादुर जि सी, दाङ जिल्ला उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल, सचिव नरेशकुमार श्रेष्ठ, निवर्तमान उद्योग उपाध्यक्ष वसन्त जोशी, सदस्य जगतप्रसाद आचार्य, नेपाली काग्रेस बंगलाचुली गाउपालिका सभापती जागेश्वर अधिकारी, नेकपा माओवादी केन्द्रका दामोदर खड्का लगाएतकाले भनाइ राखेका थिए ।

कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष केशव जि सी र वार्षिक प्रतिवेदन सचिव डोमवहादुर के सीले गरेका थिए । संघका उपाध्यक्ष विष्णु कुवरको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव डोमवहादुर के सीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad