Ad Area

बंगलाचुली उवासंघको अध्यक्षमा पुलामी


दाङ, २९ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघ बंगलाचुली शाखाको अध्यक्षमा रुकप्रसाद पुलामी चयन भएका छन् । संघको प्रथम अधिवेशनले पुलामी अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षहरुमा कुलबहादुर वली, मेघराज दमाई सचिवमा तिलकराम नेपाली सहसचिवमा तामबहादुर परियार, कोषाध्यक्ष केशव जिसी रहेका छन् । सदस्यहरुमा विष्णु महरा, द्रोपता पौडेल, प्रेम समाल, टेकबहादुर महरा, हिमलाल वाढा, झविन्द्र भण्डारी र युवराज पुलामी रहेका छन् ।

अधिवेशन उद्घाटन कार्यक्रम संघका अध्यक्ष रुकप्रसाद पुलामीको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख आतिथ्य एवं बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी विशिष्ट आतिथ्यमा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले आर्थिक विकासको लागि निजी क्षेत्र र सरकारी निकाय सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

यसका लागि निजी क्षेत्र तयार रहेको समेत उनको भनाइ रहेको थियो । निजी क्षेत्रले विगतका वर्षदेखि नै सहकार्य गर्दै आएको र आउदा दिनमा पनि सहकार्य रहने बुढाथोकीले बताए । उद्योग बाणिज्य संघले व्यवसायीहरुको हकहित मात्र नभई सामाजिक कार्यहरुमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । राज्यले व्यवसायमैत्री वातावरण बनाउनुपर्ने उनको भनाइ रहेको थियो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी, दाङ जिल्ला उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल, सचिव नरेशकुमार श्रेष्ठ, निवर्तमान उद्योग उपाध्यक्ष वसन्त जोशी, सदस्य जगतप्रसाद आचार्य, नेपाली काग्रेस बंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारी, नेकपा माओवादी केन्द्रका दामोदर खड्कालगायतले भनाइ राखेका थिए ।

कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष केशव जिसी र वार्षिक प्रतिवेदन सचिव डोमबहादुर केसीले गरेका थिए । संघका उपाध्यक्ष विष्णु कुवरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव डोमबहादुर केसीले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad