Ad Area

स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध अभद्र व्यवहारमा जाहेरी


घोराही, ३१ जेठ । लुम्विनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीविरुद्ध अभद्र व्यवहारमा जाहेरी परेको छ ।

तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क निवासी २७ वर्षीया मिना भण्डारी बस्नेतले मंगलबार अभद्र व्यवहारमा जाहेरी दिएको प्रहरीले जनाएको छ । पीडित बस्नेतले जाहेरी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा दिएकी हुन ।

स्वास्थ्य राज्यमन्त्री वलीले मंगलबार बिहान तुलसीपुर–५ बसपार्क स्थीत बस्नेतको घरमा गएर छोरी एञ्जिला र आफूलाई गालीगलौज, कुटपिट र अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरिक्षक रञ्जित स्वाँरले जानकारी दिभएका छन् । बस्नेतलाई कुटपिट र अभद्र व्यवहार गरेपछि राज्यमन्त्री वलीलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नु भएकी राज्यमन्त्री वलीलाई थप अनुसन्धानका लागि भन्दै दिउँसो इलाका प्रहरी कार्यालय तुलसीपुरबाट जिल्ला प्रहरी कार्यालय घोराही ल्याएको थियो । तर साँझ बुटवल पठाएको प्रहरीले बताएको छ ।

्रहरीका अनुसार राज्यमन्त्री वली तुलसीपुर–५ बसपार्कस्थीत एकराज बस्नेतलाई खोज्न गएपनि उनी ४ दिनअघि घरबाट निस्केको र हाल सम्पर्कमा छैनन् । एकराज र खत्रीबीच सम्बन्ध रहेको विषय गत भदौमा नै सार्वजनिक भएको थियो ।

फेसबुकमार्फत उनीहरुको फोटो सार्वजनिक भएपछि त्यतिबेला उनीहरुले सम्बन्ध अस्वीकार गरेका थिए । खत्री २०७६ मंसिर १४ मा भएको उपनिर्वाचनमा नेकपाबाट प्रदेश सांसद् निर्वाचित भएकी थिइन । वली नेकपा एमालेका स्वर्गीय प्रदेशसभा सदस्य उत्तर वलीकी श्रीमति हुन ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad