Ad Area

मुक्तकमैया शिविरमा प्रजनन स्वास्थ्य सचेतनासँगै निशुल्क सेनिटरी प्याड वितरण


घोराही, ३१ जेठ । मुक्तकमैया शिविरमा प्रजनन स्वास्थ्य सचेतनासँगै निशुल्क सेनिटरी प्याड वितरण गरिएको छ । घोराहीस्थित ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रवर्द्धित सुनिता ट्रष्ट फाउन्डेशनको आयोजनामा घोराहीमा १६ सानीअम्बापुरमा रहेका मुक्त कमैया शिविरका महिला तथा किशोरीहरुलाई मंगलबार एक कार्यक्रम गरी प्रजनन स्वास्थ्य सचेतनासँगै निशुल्क सेनिटरी प्याड वितरण गरिएको हो ।

फाउन्डेसनका आजीवन सदस्य रजनी श्रेष्ठको अध्यक्षता तथा घोराही १६ का वडा अध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथ्य एवं फाउन्डेसनका सल्लाहकार सोगतबीर चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरी सहभागी महिला तथा किशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सचेतना प्रदान गरिएको हो । सहभागीहरुलाई स्वास्थ्यकर्मी सुष्मा पोख्रेलले अभिमुखीकरण गर्नुभएको थियो ।

कार्यक्रममा उहाँले यौन तथा प्रजनन स्वास्थ्यमा महिलाहरुमा आईपर्ने विभिन्न समस्या त्यसबाट बच्ने उपायका बारेमा सचेतना प्रदान गर्नुभएको थियो । करीव ५० जना सहभागी महिला तथा किशोरीहरुलाई कार्यक्रमकी अध्यक्ष एवं सस्तो किराना पसलकी संचालक श्रेष्ठले निशुल्क सेनिटरी प्याड वितरण गर्दै शारीरिक मानसिक स्वास्थ्य जस्तै प्रजनन स्वास्थ्यमा पनि गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।

फाउन्डेसनमार्फत यसअघि घोराही ४ डाँडागाउँमा पनि स्वास्थ्य सचेतनासँगै निशुल्क रुपमा प्याड वितरण गरिएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार सोगतबीर चौधरीले संस्थाका बारेमा प्रकाश पार्नुभएको थियो ।

सो अवसरमा वडा सदस्य चौधरीले प्रजनन स्वास्थ्यका बारेमा सचेतना फैलाउने काम गर्दै नागरिक स्वस्थ बनाउने अभियानलाई सहयोग गरेकामा संस्थालाई धन्यवाद दिनुभयो । उहाँले आफु र आफ्ना छोरीको प्रजनन स्वास्थ्यका बारेमा सचेतना फैलाउँदै व्यवहारमा लागू गर्न अपिल पनि गर्नुभयो ।

Blog Post Ad

सहभागीका तर्फबाट सन्तोली चौधरीलगायतले बोल्नुभएको थियो । ग्रामीण महिला उत्थान केन्द्रका लेखा अधिकृत सन्च बहादुर चाैधरीको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण फाउन्डेशनकी सहजकर्ता कमला शर्माले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad