Ad Area

नगर प्रमुखको बिजयी ¥यालीमा गएका श्रीमान बेपत्ता, खोजी गरिदिन श्रीमतीको आग्रह


घोराही, १ असार । नगर प्रमुखको बिजयी ¥यालीमा सहभागी हुन गएका श्रीमान बेपत्ता भएको भन्दै श्रीमतीले खोजी गरिदिन आग्रह गरेकी छिन् ।

घोराही उपमहानगरपालिका हापुर रतनपुर निवासी बसन्ता केसीले गएको जेठ ६ घोराही उपमहानगरपालिकामा निर्वाचित नगर प्रमुख नरुलाल चौधरीको विजयी जुलुसमा सहभागी हुन भन्दै घरबाट घोराही आउनुभएका आफ्ना श्रीमान ४५ बर्षीय मेघराज केसी अहिलेसम्म घर नफर्किएको भन्दै श्रीमतीले वेपत्ता श्रीमानको खोजी गरिदिन सवैसँग आग्रह गरेकी हुन । उनले श्रीमानको खोजीका लागि बेपत्ता भएदेखि नै निरन्तर रुपमा लागेपनि श्रीमान वेपत्तासँगै दुवै नम्वर अफ रहेको समेत बताइन ।

‘घरको कामसँगै निर्वाचित मेयरको बिजयी ¥यालीमा सहभागी हुन जान्छ भनेर श्रीमान जेठको ६ गते घोराही आउनुभएको थियो’,पत्रकार सम्मेलनमा श्रीमति बसन्ताले भनिन्,‘बिजयी जुलुसमा सहभागी हुन आउनुभएका श्रीमान अहिलेसम्म फर्किनुभएन ।’ उनका अनुसार केसी जेठ ६ गते बिहान दश बजेको समयमा घरबाट घोराही हिडेका थिए ।

‘घोराही आउनु भएका श्रीमान साँझसम्म फर्किनुभएन । केही काम परेकाले आफन्तको बस्नु भयो होला भन्ने लाग्यो’,उनले भनिन्,‘तर ४÷५ दिनसम्म घर नफर्किएको र परिवारको सम्पर्कमा समेत नभएपछि जेठको १२ गते प्रहरीलाई समेत जानकारी गराएका थियौ ।’ तर प्रहरीले पनि प्रभावकारी रुपमा खोजी नगरिदिएको पीडित परिवारको गुनासो छ ।

श्रीमति केसीका अनुसार कतै फेला पार्नुहुनेले प्रहरी कार्यालय वा परिवारको ९८०६२४६७३७, ९७४१७२००५३ र ९८०९७००२०५ मा फोन गरेर खबर गरिदिन समेत सवैमा आग्रह गरेकी छिन् । साथै पीडित परिवारले खोजीका लागि सञ्चारकर्मी, नागरिक समाज, मानवअधिकारकर्मी,प्रहरीसँगै सम्पूर्णलाई आग्रह गरेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad