Ad Area

घोराहीमा फोर्स गाडीको फ्रि सर्भिस क्याम्प हुने


दाङ,२ असार । घोराहीमा फोर्स गाडीको फ्रि सर्भिस क्याम्प हुने भएको छ । फोर्स गाडीको आधिकारीक सर्भिस सेन्टर पाण्डवेश्वर वर्क सप घोराहीमा जेभिएस अटाे मोबाइलले यही असार ५ गतेदेखि ९ गतेसम्म घोराही-१५ बुद्धिग्यारेज स्थीत सर्भिस सेन्टरमा निशुल्क सेवा दिन थालेको हो ।

सर्भिस सेन्टरमा ट्राभर्लर,कुर्जर ट्याक्सलगायत फोर्स कम्पनीका गाडीको फ्रि सर्भिस सेवा दिन थालिएको हो । पाट्स बाहेक अन्य सम्पुर्ण सेवा निशुल्क हुने जेबिएस अटाे मोबाइलका सन्चालक सरोज शाहले जानकारी दिएका छन् । साविक राप्ती अंचलकाे आधिकारिक डिलर जेबिएस अटाे माेबाईल्सले पहिलाे पटक निशुल्क सर्भिस क्याम्प आयाेजना गर्न लागेकाे संचालक शाहले बताए ।

सर्भिसिङका लागि अनुभवी मेकानिक रहेका छन् । कतारमा १४ वर्ष यही क्षेत्रमा अनुभव संगालेका सलिम सिद्धिकीलगायतकाे मेकानिकहरुकाे टिमले निशुल्क सवारी साधनकाे सर्भिसिङ गर्नेछन् । सलिम यसअघि दाङमै बिसाैँ वर्ष मेकानिकल फिल्डमा काम गरिसकेका अनुभवी व्यक्ति हुन् ।

राप्तीमा संचालनमा रहेका फाेर्स कम्पनीका सयाैँ सवारी साधनले याे सेवा लिन पाउने छन् । सवारी धनी र चालकहरुकाे राेजाईमा परेकाे फाेर्स कम्पनीका सवारीहरुकाे आयु बढाउन तथा डिलरका तर्फबाट गर्नुपर्ने सर्भिसिङकाे दायित्वलाई सेवाग्राहीमा स्थापित गराउन यस खालका क्याम्प आगामी दिनमा गर्दै जाने पाण्डवेश्वर वर्क सपका प्रोपाइटर नविनविक्रम शाहीले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad